

काठमाडौं – युवा पुस्तालाई लक्षित गरि तयार पारिएको देव प्रसाद धिमाल निर्देशित “आलु जस्तो लव”को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।
आज थापागाँउमा एक कार्यक्रम बिच सिरिज निर्माण टिमले सिरिजको ३ मिनेट ५४ सेकेन्डको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै लेखक तथा निर्देशक देव प्रसाद धिमालले आफनो मेहेनतलाई दर्शकसामु ल्याएको र दर्शकले स्विकार्नु हुन्छ हुदैन आगामी दिनले देखाउने बताउनुभयो । यो आफ्नालागि चुनौती र अवसर दुवै भएकोले दर्शकले दिएको ताली र गाली दुबै स्विकार्य हुने पनि बताउनुभयो ।
सिरिजमा सबै कलाकार युवा र नयाँ भएको र कथावस्तु पनि अहिलेको युवाहरुको प्रेममा आउने आरोह अवरोहको विषयमा भएको हुँदा युवापुस्ताले मन पराउने वश्वास धिमालको छ । सिरिजलाई टेलिभिजनमा प्रसारण गर्न कुराकानी भइरहेको र चाडैं टेलिभिजनमा पनि दर्शकले हेर्न पाउने उनले बताए।
नयाँ कलाकारहरुको उल्लेखिय उपस्थिति रहेको यस सिरिजको मुख्य भुमिकामा दिवस नाथ, प्रियंका श्रेष्ठ, प्रियन्सी श्रेष्ठ, सोनियो रन्जित, पुनम परियार, सुमन थोप्रा लिम्बू, भिमसेन खतिवडा, राजकुमार शाह, विजय राज भुर्तेल, राजिव धिमाल, कृष्णप्रसाद धिताल, सविना गहतराज, रोजिना गौतम, अर्जुन थापा लगायतको अभिनय रहेको छ ।
विजयराज फिल्मसको सहकार्यमा निर्माण गरिएको सिरिजको छायांकन नवराज घिमिरे – प्रवेश राईले गरेका छन भने विजय राज भुर्तेल सम्पादन रहेको सिरिजको मन्जु कुमारी फुयाँल र अनिता सुवेदी धिमालको लगानी रहेको रहेको छ ।
हेर्नुहोस् ट्रेलर

