२०८३ बैशाख ८, मङ्लबार
 

नेप्से परिसूचक १५ अंकले बढ्यो

prabhu bank home loan

काठमाडौं – आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.४९ अंकले बढेको छ । कारोबार समयदेखि बढ्न थाले पनि अन्तिम समयमा घट्ने प्रयास गरेको नेप्से बन्द हुँदासम्म दोहोरो अंकले बढेको हो । यसक्रममा आज ४ अर्ब ९७ रुपैयाँ बराबरको कारोबार भएर १ करोड १९ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज बजार बढेपनि तीनवटा समूहमा भने गिरावट आएको छ । निर्जीवन बीमा समूह, उत्पादनमूलक र अन्य समूहमा गिरावट आएको हो ।

उत्पादनमूलक समूह २४ अंकले घट्दा अन्य समूह ३ अंकले र निर्जीवन बीमा समूह ०.५५ अंकले घटेको छ । यीबाहेक अन्य समूहमा भने सुधार आएको छ । विकास बैंक समूह ८५ अंकले बढ्दा होटल, लघुवित्त समूह ७० अंकले र टुरिजम समूह ६४ अंकले बढेको छ ।

यसैगरी, जलविद्युत समूह २९ अंकले बढेको छ भने जीवन बीमा समूह १५ अंकले बढेको छ । बजार बढेको दिन विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३ रुपैयाँ बढेर ३६७ रुपैयाँ पुगेको छ ।

यसका साथै, राष्ट्र उत्थान लघुवित्त वित्तीय लिमिटेडको सेयर मूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता ११ सय ७१ रुपैयाँ पुगेको छ । यसक्रममा आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०६ अंक बढेको छ । यस्तै, एक्सेल विकास बैंकको सेयर मूल्य समेत ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने