२०८३ बैशाख ६, आइतवार
 

सेयर बजारमा हरियाली, परिसूचकमा ७५ अंकले वृद्धि

prabhu bank home loan

काठमाडौँ – बिहीबार पनि सेयर बजार उच्च अंकले बढेको छ । नेप्से परिसूचकले २ हजार अंक नाघेको छ । कुल २ अर्ब ४५ करोड रुपैयाँको कारोबार हुँदा नेप्से परिसूचक ७४.९३ अंक बढेर २०३७ अंकमा कायम भएको हो । सबै सूचकमा हरियाली छाएको छ । बैंकिङ २९, विकास बैंक २०२, फाइनान्स १००, होटल तथा पर्यटन १२७, जलविद्युत् १०६, लगानी २, जीवन बीमा २९६, उत्पादन २५०, माइक्रोफाइनान्स २०४, निर्जीवन बीमा ३७८, अन्य ८६ र ब्यापार उपसमूह १२६ अंक बढे । २ कम्पनीको मूल्य घट्यो भने अरु सबै १९१ कम्पनीको मूल्य बढ्यो ।

झण्डै १ दर्जन कम्पनीको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेपाल फाइनान्स, मैलुङखोला र न्यादी हाइड्रोको मूल्य ठिक १० प्रतिशत बढ्यो । आँधिखोला लघुवित्त, सीवाईसी लघुवित्त र सूर्योदय वमी लघुवित्तको मूल्य ९.९ प्रतिशत बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, रिलायन्स फाइनान्स तथा पन्चकन्या माई र नेपाल पुनर्बीमाको मूल्य साढे ९ प्रतिशत बढ्यो ।कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एसियन लाइफ, अरुणकाबेली पावर, लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमश अगाडि रहे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

thirteen + four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने