

काठमाडौं – अति व्यस्त रहने देशको प्रमुख राजमार्ग त्रिभुवन राजमार्ग अन्तर्गत नौविसे नागढुङ्गा सडकखण्डमा असङ्ख्य खाल्डाखुल्डी बढ्दै गएसँगै यात्रा गर्नै कठिन हुने गरेको छ भने सडक दुर्घटनाको जोखिम पनि बढेको छ ।
वर्षौँदेखि सडकको मर्मत नगर्नाले ठुल्ठुला खाल्डाखुल्डीमा पानी जम्न थालेको छ भने घाम लागेको दिन धूलो उड्ने र पानी पर्दा खाल्डामा पानी जम्ने र हिलोको समस्या हुने गरेको छ ।
सम्बन्धित निकायले ध्यान नदिँदा चालक तथा यात्रु र सडकनजिकको बस्तीलाई समेत समस्या पर्ने गरेको छ । सडकमा भएको खाल्डाखुल्डीले एकातिर यात्रामा सास्ती परेको छ भने अर्कोतिर सवारी जाम र दुर्घटनाको उच्च जोखिमसमेत बढेको छ।
देशको राजधानी छिर्ने प्रमुख राजमार्गको अवस्था नाजुक हुँदा समेत कसैको ध्यान जान सकेको छैन। यस विषयमा सम्वन्धित निकायको बेलैमा ध्यान जान जरुरी छ।
हेर्नुहोस् तश्विरहरू:







