२०८३ बैशाख ५, शनिबार
 

धादिङमा पेस्तोलसहित दुई पक्राउ

prabhu bank home loan

धादिङ – धादिङमा दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । खनियाबास गाउँपालिका–२ अक्थलीका २५ वर्षीय सुनिल तामाङ र अबिनास तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

प्रहरीले उनीहरू बस्ने डेरामा खानतलासी गर्दा म्यागजिनसहित पेस्तोल, खुकुरीसमेत बरामद गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । आरोपितहरूले हतियार राखेर डरधम्की दिने गरेको आरोपपछि प्रहरीले खोजतलास गरेको थियो ।

आरोपित दुवैलाई हातहतियार तथा खरखजानाअन्तर्गत अनुसन्धान गरी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने