२०८३ बैशाख १७, बिहिबार
 

आजको मौसम : पहाडी भेगका केही स्थानमा चट्याङसहित हल्का वर्षा हुने

prabhu bank home loan

काठमाडाैँ – हाल नेपालको मौसमी प्रणालीमा तीनवटा वायु् प्रणालीको प्रभाव देखिएको छ । स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू–भागसम्म बनेको न्यून चापीय वायु प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभावका कारण शुक्रबारदेखि नै मुलुकभर मौसम बदली भएको छ । जसका कारण विभिन्न भूभागमा वर्षा भइरहेकाे छ ।

आज पनि देशभर मौसम बदली रहने र विभिन्न भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ । अहिले काठमाडौँ उपत्यकामा हल्का वर्षा भइरहेको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा तथा कर्णाली र मधेशका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

four × four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने