

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
वैदेशिक क्षेत्रका अधुरा कार्यबाट सफलता मिल्नेछ । शिक्षाको लागि यात्रा हुनेछ, स्मरण शक्तिमा कमि आउने छ । शेयर बजारको क्षेत्रमा सफलता मिल्नेछ ।आर्थीक क्षेत्र मध्यम रहनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।जागिरमा सन्तोष मिल्ने छैन् । फाइदा भन्दा वढि नोक्सानी हुने छ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला ।
कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । झैझमेलाको अवस्था पनि आउला ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिवारको चिन्ता तथा स्वास्थ्यमा केहि सुधार हुनेछ । आर्थिक अभावले सताउने छ, घरेलु समस्याले सताउने छ । धार्मिक कार्यको निन्दा गर्ने बानि बस्ने छ, अध्यापनमा मन जाने छैन । व्यापारमा लाभ मिल्नेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
रोजगारीको अवसर मिल्ने छ । परिवारको लागि परिश्रम धेरै गर्नुपर्ला, पुरानो साथी सँग शत्रुता हुने, जोसजागरले गरेको कार्यमा प्रगति, मनमा प्रसन्नता, रमाइलो यात्रा तथा सभा सेमिनारमा सहभागी हुने योग रहेको छ ।
वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्रा रमाईलो भएता पनि मन खिन्न हुनेछ । साथीभाईको लागि काम गर्नुपर्ने तर जश मिल्ने छैन् । आर्थिक हिनामिना भएतापनि आकस्मिक धन प्राप्त हुनेछ । पदपदक प्राप्त हुने सम्भावना रहेको छ । दाम्पत्य जीवन तथा पे्रमीप्रेमिका बिचमा राम्रो सम्बन्ध हुनेछ ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँलगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बेला बेलामा डर त्रास हुनेछ । सिप सिक्ने तथा साथीभाईको लागि परिश्रम गर्नु पर्नेछ । धार्मिक, साँस्कृतिक कार्यमा सहभागी, रमाईलो एवं अविस्मरणीय यात्रा हुन सक्छ, कुराकाट्नेहरु धेरै हुनेछन्, ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सानातिना कुरामा पनि विवाद, परिश्रम धेरै गर्नुपर्ने छ, महत्वपूर्ण कार्यहरु सम्पन्न, आर्थिक प्रगति एवं पारिवारिक सुख मिल्ने छ । सानो तिनो यात्रा हुन सक्छ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला ।

