२०८३ असार ३१, बुधबार
 

आफूलाई प्रश्न गर्ने अभियानकर्मीलाई केशव स्थापितले गरे दुर्व्यवहार

prabhu bank home loan

काठमाडौं – काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले एक कार्यक्रममा आफूलाई प्रश्न गर्ने अभियानकर्मीलाई दुर्व्यवहार गरेका छन्।

धुम्बाराहीस्थित नेशनल कलेजले बिहीबार आयोजना गरेको ‘स्थानीय चुनावमा युवाको आशा र जिज्ञासा’ नामक अन्तरक्रिया कार्यक्रममा उनीमाथि लागेको यौनदुर्व्यवहारको आरोपबारे प्रश्न सोध्दा अभियानकर्मी भावना राउतलाई स्थापितले दुर्व्यवहार गरेका हुन्।

काठमाडौं महानगरका उम्मेदवारहरूलाई बोलाइएको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी राउतले ‘मिटु’ अभियानका क्रममा उनीमाथि लागेको आरोपबारे जिज्ञासा राखेकी थिइन्।

स्थापितले आरोप लागाउने महिलालाई भ्रष्टाचार गरेकाले निकालिएको जवाफ दिए।

त्यसपछि राउतले ‘तपाईंमाथि आरोप लागिसकेपछि कि त खण्डन गरेर निर्दोष रहेको प्रमाणित गर्नुपर्‍यो नभए मेयर जस्तो पदमा बस्ने नैतिकता तपाईंलाई हुन्छ? ’ भनेर सोधेकी थिइन्।

त्यसपछि स्थापित जंगिए ।

र चोर औंला देखाउँदै भने– यो बैनीको फेस त नाइस छ, थुतुनो भएन।

स्थापित जंगिएपछि कार्यक्रममा होहल्ला भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

seven + 15 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने