२०८३ भदौ २०, शनिबार
 

आज बैशाख १४ गते बुधवारकाे राशिफल

prabhu bank home loan

मेष :चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिवारमा आत्मियता, सुख र समृद्धि हुने खालका कार्य हुनेछन् । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। काम बिग्रने डरले सताउनेछ। अरूको फाइदाका लागि उपयोग भइएला।

वृष :इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आजको दिन यात्रा गर्दा अनेक समस्या हुनेछन् । मनमा अशान्त र आर्थिक भार हुनेछ ।घर–व्यवहारले पनि अल्मल्याउन सक्छ। नयाँ काम थाल्न समय पर्खनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला।

मिथुन :का, कि, कु, घ, ङ, छ, के, को, ह

अरूका लागि बुद्धि र धन खर्चनुपर्नेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ।

कर्कट :हि, हु, हे, हो, डा, डि, डु, डे, डो

हिम्मतले काम बन्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ।

सिंह :मा, मि, मु, मे, मो, टा, टि, टु, टे

स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। शत्रु र राेगमाथि विजय प्राप्त हुनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

कन्या :टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अवसर आए पनि काममा पछि परिनेछ। मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्।

तुला :र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

वृश्चिक :तो, ना, नि, नु, ने, नो, या, यि, यु

समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ। तापनि दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ।

धनु :ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।

मकर :भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मानसिक चिन्ता, व्यापारव्यवसायबाट सोचअनुसारको काम नहुँदा मनमा चिन्ता र भय हुनसक्छ । दान र धर्म गर्नाले दिन राम्रो हुनेछ।

कुम्भ :गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ।

मीन :दि, दु, थ, झ, ञ, दे, दो, च, चि

दाम्पत्य जीवनमा सुखप्राप्ति, स्वास्थ्यमा अनुकूलता र आकस्मिक लाभ हुने सम्भावना पनि छ । आजको दिन मौन र बिहान सूर्योदयको दर्शन गर्दा तपाईँमा उर्जा र उत्साह प्राप्त हुनेछ ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

twenty + 8 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने