२०८३ भदौ २०, शनिबार
 

स्थानिय तह निर्वाचन : सवा लाख उम्मेदवार चुनावी मैदानमा

prabhu bank home loan

काठमाण्डौ – संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनमा हिजो सोमबारसम्म ७५३ वटै तहमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् ।

निर्वाचनमा सत्ता गठबन्धनका पाँच दल र प्रमुख प्रतिपक्ष एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै छ । उम्मेदवारहरू बाजागाजासहित उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोग पुगेका थिए । सोमबार राति १ बजेसम्म प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी १ लाख १८ हजारभन्दा बढीको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । ३५ हजार २ सय २१ पदमा हुने निर्वाचनमा उम्मेदवारीका लागि आइतबार र सोमबार तोकिएको थियो ।

आयोगका अनुसार महानगर, उपमहानगर र नगरपालिकाको प्रमुखमा २ हजार ९ सय ८७ र उपप्रमुखमा १ हजार ८ सय ५२ जनाको उम्मेदवारी परेको छ ।गाउँपालिका अध्यक्षमा ३ हजार १ सय ८ र उपाध्यक्षमा २ हजार १ सय ८२ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । वडाध्यक्षमा २८ हजार २ सय १४, महिला सदस्यमा १९ हजार ९ सय ३४, दलित महिला सदस्यमा १७ हजार ९ सय ९७ र वडा सदस्यमा ४१ हजार ८ सय ४२ जनाले उम्मेदवारी दिएका छन् ।

‘यो तथ्यांक अन्तिम होइन, विवरण अद्यावधिक भइरहेको छ,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन भएपछि मात्रै यकिन उम्मेदवारको विवरण थाहा हुन्छ ।’ नेटवर्कमा समस्या भएकाले विवरण अद्यावधिक गर्न ढिलाइ भएको आयोगले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

thirteen − three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने