

धादिङ – पृथ्वी राजमार्ग अन्तरर्गत धादिङको थाक्रे ७ जुँगेखोलामा भएको सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ।
आज साझ काठमाण्डौंबाट धादिङबेशी जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले गल्छीबाट काठमाण्डौं तर्फ आउदै गरेको बा.प्र ०१–०२५ च २९६८ नम्बरको कारलाई ठक्कर दिदा कारमा सवार ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ । ठक्कर दिने बसमा सवार १ जना भने घाईते भएका छन ।
मृत्यु हुनेमा कार चालक तनहुँ खैरेनी घर भएका वर्ष ३५ का दिल ब.बस्नेत,भारत उत्तरप्रदेश घर भएका अन्दाजी वर्ष ४५÷५० का विमल चन्द्र अग्रवाल, सहि ठाउँ घर भएका अन्दाजी वर्ष ३५÷३६ का साधना अग्रवाल, वर्ष ४०÷४२ का सन्ध्या अग्रवाल र वर्ष ५०÷५५का राकेश अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
दुर्घटनापछि घाइते भएका धादिङको निलकण्ठ ११ का राम परियारको काठमाण्डौंमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

