

काठमाडौं – सरकारले राम नवमीको अवसरमा सार्वजनिक बिदा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा घोषणा गरेको हो ।
वि.स. २०७८ साल चैत २७ गते आइतबार ( आज ) राम नवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय , सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७८ साल चैत २४ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
हिन्दु परम्परा अनुसार हरेक वर्ष चैत्र शुक्ल तिथिमा रामनवमी मनाउने गरिन्छ । करिब ९ लाख वर्षअघि त्रेतायुगमा यही मितिमा पृथ्वीमा रामको अवतरण भएको हिन्दु विश्वास रहिआएको छ ।


