किरण पराजुली
काठमाडौँ – अनामनगरबाट धोबी खोलाको बाटो हुँदै रातोपुल यात्रा गरिरहेको थिएँ।खोलाको दुर्गन्धले गर्दा मास्क लगाउँदा पनि गन्ध आइरहेको थियो सो बाटो पैदल यात्रा गर्ने पैदल यात्रुले नाक मुख थुनेरै हिँडिरहेका थिए ।
धोबीखोलामा अहिले पानी राम्रोसँग देखिँदैन अलि अलि देखिने पानी पनि फोहोरले गर्दा लेदो देखिन्छ। उक्त फोहोर पानी आफै दुर्गन्धित छ त्यसमाथि मानिसहरूले खोलामा फोहोर फ्याँकिँदिँदा बाटो नै हिँड्न नसक्ने अवस्था सिर्जना भएको छ ।
काठमाडौँ महानगरपालिकाले खोलाहरूमा फोहोर फालेको खण्डमा जरिवाना लिने व्यवस्था गरेको वर्षौँ भयो तर पनि खोलामा फोहोर फ्याक्नेहरु नघटेको प्रष्ट रुपमा देखिन्छ । जरिवाना तोक्ने तर अनुगमन नगर्ने गरेका कारण खोला र खोला किनारमा फोहोरै फोहोर बढेको छ। जसले गर्दा त्यस वरपर बस्ने र त्यस बाटो हिँड्ने मानिसहरुको स्वास्थ्यमा असर पर्ने देखिन्छ।

खोला र खोला किनारमा दिनप्रतिदिन फोहोर बढ्दै गइरकाले सम्बन्धित निकायले ध्यान दिन जरुरी छ। साथसाथै खोलानाला हाम्रो सम्पति भएको हुनाले आम नागरिक पनि सचेत हुन जरुरी छ।