२०८३ असार ६, शनिबार
 

सरकारले बढायो सार्वजनिक सवारीसाधनको भाडा

prabhu bank home loan

काठमाडौँ — सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढ्दै जाँदा यातायात व्यवसायीले दवाव दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो ।

भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा हाल कायम भएको दरमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो । एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालबाहक तथा यात्रुबाहक सवारीसाधनमा मात्रै भाडा बढेको मन्त्रालयले जनाएको छ । आइतबार रुटअनुसार बढेको भाडाको सूची सार्वजनिक गरिनेछ ।’ स्थानीयस्तरमा चल्ने सवारीसाधनको भाडा भने नबढ्ने जनाइएको छ ।

साथै अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ भएमा साेअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ । यसअघि यातायात व्यवस्था विभागले नै स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाउन मन्त्रालयमा सिफारिस गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने