२०८३ भदौ १६, मङ्लबार
 

नेप्सेमा ७३ अंकको गिरावट

काठमाडौ

prabhu bank home loan

कारोबारको दोस्रो दिन पनि नेप्से परिसूचक ओरालो लागेको छ। सोमबार शेयर कारोबार मापन नेप्से परिसूचक ७३ अंकले घटेर २६८५.४१ अंकमा झरेको छ। नेप्से घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ।

यसदिन २२७ कम्पनीको १ करोड ४ करोड ७८ हजार ६८ कित्ता शेयर ५ अर्ब १२ करोड ९७ लाख ३ हजार ९६ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो कारोबारको दिन साढे ६ अर्बको शेयर कारोबार भएको थियो।

कारोबारमा आएका १३ समूहको शेयर मूल्य घटेको छ। वित्त समूहको शेयर मूल्य सर्वाधिक ४.५३ प्रतिशतले घटेको छ। विकास बैंकको ३.८१, निर्जीव विमाको ३.६२,लगानीको ३.१ प्रतिशतले घटेको छ।

यस्तै बैंकिङको २.२६, होटल एन्ड टुरिजमको २.८,जलविद्युतको २.६८, जीवन विमाको २.८५ प्रतिशतले घटेको छ । सबै समूहको परिसूचक घटेर राताम्मे शेयर बजारमा दुईवटा कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ। मनकामना स्मार्ट लघुवित्त र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर करिब १० प्रतिशत बढेको हो।

गोर्खाज फाइनान्सको शेयरमूल्य ६ प्रतिशत बढेको छ। यसदिन कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्षस्थानमा रह्यो। यो कम्पनीको १५ करोड ४९ लाख ७१ हजार २३० मूल्यमा शेयर खरिदबिक्री भयो। आइतबार पनि सोही कम्पनीको ३३ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 − 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने