२०८२ जेष्ठ ६, सोमवार
 

उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा थपियो

काठमाडौं,

उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

यद्यपि संक्रमण दर कम हुँदै गएकाले निषेधाज्ञालाई केही खुकुलो पारिएको उहाँको भनाइ छ । पराजुलीका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अनलाइन होम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् । शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।

अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भएको थियो । कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।

विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले प्रवेश पाएन । उपत्यकामा १६ वैशाखदेखि लगाइएको निषेधाज्ञा हालसम्म अब असार ७ गतेसम्म जारी रहनेछ ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी आदेश:

May be an image of text

May be an image of text that says 'जिल्ला प्रशासन साधनहरुको सार्वजनिक निजी सवारी २०७५/०३/०१ विहान १:०० बजेदेखि १२:०० काठमाडौ जिल्लाभर संचालनमा लगाउने। सामग्री बोकेका दुवानीका सवारी विरामी कुरुवा स्वास्थ्यकर्मी निकायले प्रयोग साधन बाहेक काठमाडों जिल्ला रोक लगाउने सकिने कार्यहरु: सर्वसाधारणको आवतजावतको उपभोग्य वस्तु कम्तीमा खरिदको कामका साथै अत्यावश्यक सेवा भौतिक दूरी कायम राखने पानीले संस्थाहरुले अध्ययन निकायवाट सेनिटाइजरको प्रकृयाका कार्यहर जानु कुटनैतिक नियोग औपधी कुटनीतिक नियोगले तथा औजारका सामग्रीहरुको अत्यावश्यक रुपमा सामग्री सक्ने मापदण्डको सामग्री सम्बन्धी कार्यस्थलमा खानेपानी, दुवानीका तरकारी, (ग्रोसरी विक्री वितरण प्रिन्टिड निर्माणजन्य सामग्रीका ४:०० वजे पछि संचालन सक्ने। रुपमा संचालन पाइने। किराना पसल डिपार्टमेन्टल थोक फुटकर विहान ११:०० गर्नें। ०९:०० ११:०० सम्म परिमाणको'

May be an image of text

May be an image of text

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 × four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने