

चितवन,
चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको खेल मैदानमा दुबो रोप्ने काम सुरु भएको छ । बुधबार विधिबत रुपमा दुबो रोप्ने कामको शुभारम्भ गरिएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिनुभयो । पुजाआजासहित सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले दुबो रोपन कार्यको सुरुवात गर्नुभएको छ ।
फाउण्डेशनले रंगशाला निर्माणमा सहयोग गर्ने सहयोगी मनहरु प्रति हार्दिक धन्यवाद पनि ज्ञापन गरेको छ । तस्वीरहरुः धुर्मुस सुन्तली फाउण्डेशन





