२०८३ बैशाख ४, शुक्रबार
 

कोरोनाले मलाई बेस्कन बजार्यो, पछि आफैँ लुत्रक्क परेर लुसुक्क भाग्यो ..

मदनकृष्ण श्रेष्ठको कोरोना अनुभव

prabhu bank home loan

काठमाडौं,

May be an image of 1 person, sitting and indoorमलाई माया, शुभेक्षा र आशिर्बाद वर्षाउँदै, मेरो स्वास्थ्य प्रति चिन्ता ब्यक्त गर्नुहुने, सम्पूर्ण मेरा प्यारा प्यारा दर्शक श्रोता, नर्स, डक्टर अनि पृथ्वी भरिका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाईहरुमा, मेरो हृदयदेखि कृतज्ञता ब्यक्त गर्दछु ।

याहांहरुको आशिर्बाद लाग्यो मलाई ।
याहांहरुबाट प्राप्त अमृतमय मायाको बलले कोरोनारुपी बिषलाई मज्जाले पचाईयो ।
कोरोनाले मलाई पछार्न त नराम्रै संगै पछार्यो। पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेला बेलामा तर्सायो पनि ।
बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया ….।

तर सबैको माया, शुभेक्षा, प्रार्थना, र आशिर्बादको बलले गर्दा मलाई त्यसले जित्न भने सकेन ।
पछि कोरोना आफैँ लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कान समातेर १० पल्ट उठ् बस गरेर
ह्वाँ… ह्वाँ … रुंदै मसँग क्षमा मागेर लुसुक्क भाग्यो ….।
अब शरिरमा अलि अलि शिथीलता बाकि छ । त्यो पनि अलि अलि गर्दै कमकम हुँदैछ।

म पहिलो पटक ८ दिन, फेरि दोश्रो पल्ट १४ दिन मेडिसिटी हस्पिटलमा बसेर घर आएको पनि अब त एक हप्ता कटिसक्यो ।
डक्टरहरुले मलाई तपाईको शरिर अब एन्टिबडी बनीसकेको छ। अब तपाईको शरिरमा अरु कसैबाट पनि कोरोना भाईरस सर्दैन र तपाईँबाट पनि अरुलाई सर्दैन ।

एक प्रकारले भ्याक्सिन लिईसकेको सरह नै भैसकेको छ भनेका छन् ।
तर म मेरो पीसिआर रिपोर्ट नेगेटिभ आयो … भनेर सबैलाई सुनाउने ईच्छाले केहि नलेखी चुपचाप कुरीरहेको थिएँ ।
तर हिजो फेरि पीसिआर परीक्षण गराउँदा रिपोर्टले घरमा सबैको नेगेटिभ देखियो ।
मेरोमा अझै अलि पोजेटिभ बाँकी रहेको देखाएको छ ।

डक्टरहरुको भनाई अनुसार मेरो शरिरमा भएका कोरोनाको भाईरसहरु सबै मरिसकेका छन् ।
अब खालि ती मरेका भाईरसका लाशहरु मात्र बाकी छन् । त्यो बाँकि हुन्जेल पनि मेशिनले पोजेटीभ नै देखाउँछ। त्यस्ले केहि फरक पर्दैन, केहि दिन पछि त्यो पनि आफै जान्छ भनेकाछन् ।
जे होस बाँचियो बा ….. !

कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केसन छ, प्रोष्टेट, प्रेशर, मुटुको समस्या छ, अनि अर्को कन्स्टीपेशनको पनि समस्या छ र यस्लाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला शायद ।
यहाँहरु जस्तो मलाई औधि माया गर्नु हुने लाखौँ लाख शुभेक्षकहरु पनि मेरै साथमा हुनुहुन्छ भन्ने कुरा त्यो मोरा कोरोनालाई के थाहा ?
यो कुरा मैले हजुरहरुलाई जानकारि दिनका लागि मात्र लेखेको हुँ ।

मनमा अझै पनि पूरा खुशी लागेको भने छैन ।
देशमा अझै पनि कोरोना पिडीतहरु धेरै बाँकी नै छन् कतिपय अझ थपिंदै पनि छन् ।
यस अबस्थामा देशको सबै भन्दा ठूलो समस्या भन्नु यहि कुलंगार कोरोना नै हुन् ।

सरकारले पनि यस्लाई नै पहिलो प्राथमिकता दिएर, सबै तिरबाट जति सकिन्छ छिटो भ्याक्सिन बटुलेर जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउन तिर लाग्न सम्झाउन चाहन्छु ।
जनता नै भएन भने कस्लाई शासन गर्ने ? हैन त ?

सबैको जय होस् ।
सबैको कल्याण होस् ।
कोरोनाबाट संसार चाँडै मुक्त होस् ।

Respect U all
Love u all.
धन्यबाद
*** मदनकृष्ण श्रेष्ठ***

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

14 − 10 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने