२०८३ बैशाख ४, शुक्रबार
 

विश्व दुध दिवसको अवसरमा भर्चुअल कार्यक्रम सम्पन्न

prabhu bank home loan

काठमाडौं,

दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइरस विरुद्धको दीर्घ जीवन भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी विश्व दुध दिवस मनाइएको छ । भर्चुअल विधिबाट भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले नेपाल दुध क्षेत्रमा आत्मनिर्भर उन्मुख भएकोले प्रत्येक नेपालीले आफ्नो भोजनमा दुध तथा दुग्ध पदार्थ समावेश गर्न सुझाव दिनुभएको छ । दुग्ध क्षेत्रको संरक्षणका लागि मन्त्रालयले धेरै कार्यक्रमहरु तयार गरेको र स्वदेशी उत्पादन खपतका लागि विभिन्न क्षेत्र जस्तै नेपाल एयरलाइन्समा, नेपाल आर्मी, पुलिस, सशत्र प्रहरी बलको राशनमा समेत दुध तथा दुग्ध पदार्थ समावेश गर्नका लागि पहल गरिएको उहाँको भनाइ छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव बिमल कुमार निर्मलले दुग्ध क्षेत्रको विकासका लागि मन्त्रालयबाट हरपल सहयोग रहेको र निषेधाज्ञाको समयमा पनि दुध ढुवानीमा कुनै समस्या नहुने प्रष्ट पार्नुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीले नेपालमा दुग्ध क्षेत्रले ठूलो फड्को मारेको, दुधमा आत्मनिर्भर उन्मुख हुँदै गरेको क्षेत्रलाई राज्य एवं सरोकारवाला सबैले हरतवरबाट सहयोग गर्नुपर्ने र हालको कोरोनाका कारण प्रभावितलाई सहुलियत दिन पहल समेत गर्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै खाद्य प्रविधि तथा गुण नियण्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले दुध तथा दुग्ध पदार्थको गुणस्तर र मापनमा एकरुपता रहेकोले ढुक्क भई सेवन गर्न आग्रह गर्नुभयो । कुनै एक ब्राण्डको दुध तथा दुग्ध पदार्थमा समस्या या गुणस्तरमा समस्या आयो भने सबैमा आयो भन्न मिल्ने बताउँदै उहाँले जुनमा समस्या छ त्यसको जानकारी गराउन सुझाव दिनुभयो । किसान आयोगका माननीय अध्यक्ष डा. प्रेम प्रसाद दंगालज्यूले दुध उत्पादन गर्नका लागि पशुको आवश्यक पर्ने हुँदा पहिला पशुको बारेमा सोच्नुपर्ने त्यस पश्चात किसानको हित गर्ने तत्पश्चात सबैको भलो हुने कुरा बताउनु भयो ।

अन्य अतिथिहरुबाट विश्व दुध दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै दुग्ध क्षेत्रको विकासमा सम्पूर्ण सरोकारवालाहरु एक भई लागि पर्नु पर्ने र त्यसबाट मात्र सफलता मिल्ने कुराहरु राख्नुभएको थियो । अन्त्यमा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्र प्रसाद यादवले दुध एक खाद्य पौष्टिक अत्यावश्यक वस्तुको सूचीमा रहेकाले एम्बुलेन्स सरह निर्वाध रुपमा सञ्चालनका लागि दुधको लोगो बनिसकेको जानकारी दिनुभयो । अब हरेक डेरी उद्योगहरुलाई आफ्नो दुध ढुवानी गर्ने सवारी साधनमा प्रयोग गर्ने अनुमति दिइने उहाँको भनाइ थियो । वहाँले वोर्ड एउटा दुग्ध क्षेत्रको नितिगत समस्या समाधानको लागि खडा गरिएको संस्था हो त्यसैले दुग्ध क्षेत्रको हितका लागि निति तयार पार्दै लागु गर्ने उल्लेख गर्नुभयो ।

हरेक वर्ष जुन १ तारिखका दिनमा नेपालमा पनि दिवस मनाइन्छ । यस वर्ष कोभिड भाइरसका कारण भर्चुअल मार्फत विश्व दूध दिवस कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता रा.दु.बि.बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्र प्रसाद यादव, प्रमूख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्रालय मन्त्री पद्मा कुमारी अर्याल, विशिष्ठ अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्की, विशेष अथिति कृषि तथा पशुपन्छी विकास मन्त्रालयका नि.सचिव बिमल कुमार निर्मल रहनु भएको थियो ।

अन्य अतिथिहरुमा पशु सेवा विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठ, दुग्ध विकास संस्थानका महाप्रबन्धक रुद्र प्रसाद पौडेल, नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटा, महासचिव प्रल्हाद दाहाल, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण देवकोटा, केन्द्रिय पशुपंक्षी पालन सहकारी संघका अध्यक्ष बाबुराम अधिकारीका साथै दुग्ध उद्योगी व्यवसायी एवं किसानहरु सहभागी भएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

12 − 11 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने