२०८३ बैशाख २, बुधबार
 

चीनले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप अनुदान दिने

prabhu bank home loan

काठमाडौं,

चीनले नेपाललाई कोरोना भाइरस विरुद्धको १० लाख डोज खोप अनुदान दिने भएको छ । बुधबार नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भएको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनफिङले १० लाख डोज खोप अनुदान दिने घोषणा गरर्नुभएको हो ।

दुई राष्ट्रपतिको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप उपलब्ध गराउने जानकारी दिनुभएको छ । चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोना विरूद्धको भेरोसिल खोप अनुदान दिएको थियो । राष्ट्रपति सीले घोषणा गरेको नयाँ अनुदानसमेत जोड्दा चीनले नेपाललाई कुल १८ लाख डोज खोप प्रदान गर्ने छ ।

भण्डारी र जिनफिङबीच झन्डै पौने घन्टा कुरा भएको राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिनुभयो । कुराकानीका क्रममा राष्ट्रपति भण्डारीले नेपाल सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अनुरोध गर्नुभएको थियो ।

जवाफमा राष्ट्रपति चिनफिङले नेपालजस्तो मित्र राष्ट्रलाई सहयोग गर्न आफूले पहल गर्ने बताउनुभएको ढकालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

1 × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने