

काठमाडौं,
अरब सागरमा विकसित भई भारतको गुजरात राज्य आसपासमा रहेको सामुद्रिक आँधी ताउ-तेको प्रभाव नेपालमा पनि परेको छ । पश्चिमी न्यून चापीय प्रणालीसँगै ताउ-तेको प्रभावले बुधबार देशभरिको मौसममा बदली भएको छ ।अहिले प्रदेश २ र प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भू भागमा सामान्यदेखि पुर्ण बदली रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले यसको प्रभाव अझै केही दिन नेपालमा रहने बताएको छ । महाशाखाका अनुसार आउने २४ घन्टामा कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भू भागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च हिमाली भू भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात वर्षाको सम्भावनासमेत रहेकाले खोलानालामा जलप्रवाह बढोत्तरी हुने, यातायत क्षेत्रसमेत प्रभावित हुने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
तीन दिनको मौसम पूर्वानुमानः
२०७८ जेठ ५ गते (बुधबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली, सुदुरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात वर्षाको सम्भावना छ ।
रातीः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कर्णाली, सुदुरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली, सुदुरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ ।
२०७८ जेठ ६ गते (बिहीबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । थोरै स्थानहरूमा भारी वर्षा हुनुको साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १ २ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । उच्च हिमाली भू भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च हिमाली भू भागका थोरै स्थानमा साथै अन्य प्रदेशको १/२ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ ।
रातीः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । थोरै स्थानहरूमा भारी वर्षा हुनुको साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । उच्च हिमाली भू भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च हिमाली भू भागका थोरै स्थानमा साथै अन्य प्रदेशको १/२ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ।
२०७८ जेठ ७ गते (शुक्रबार)
दिउँसोः सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत देशका बाँकी पहाडी भू भागमा सामान्य बदली र बाँकी भू भागमा आंशिक बदली रहनेछ । कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका केही ठाँउमा र बाँकी पहाडी भू भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
रातीः प्रदेश १ लगायत देशका बाँकी पहाडी भू भागमा सामान्य बदली र बाँकी भू भागमा सामान्यतय सफा रहनेछ । प्रदेश १ को पहाडी भू भागको एक दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शः
कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू भागका केहि स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना समेत रहेको कारणले खोलानालाहरुमा जलप्रवाह बढोत्तरि हुने, यातायत क्षेत्रसमेत प्रभावित हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

