२०८२ जेष्ठ ६, सोमवार
 

पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९१ जनाले कोरोना जिते

काठमाडौं,

पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९१ जनासहित हालसम्म ३ लाख ५२ हजार ४ सय १४ जनाले कोरोना जितेका छन् । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा एक सय ९६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४ सय ११ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार २ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार २ सय ८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार एक सय ३६ जना र ६ सय ९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । तीमध्ये १ लाख १४ हजार ५ सय २९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये एक लाख ७ हजार ८२ जना होम आइसोलेसनमा छन् भने ७ हजार ४ सय ४७ जना संस्थागत आइसोलेसनमा छन् । यस्तै एक हजार ५ सय ९० जनाको आईसीयू र ३ सय ९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

गत २४ घण्टामा थपिएका संक्रमितमध्ये २ हजार ६ सय ३५ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २ हजार ४९, ललितपुरका ३ सय ६५ र भक्तपुरका २ सय २१ जना छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार २ सय ३४, प्रदेश २ मा ५ सय १५, बागमती प्रदेशमा ३ हजार ९ सय २१, गण्डकीमा, ६ सय ५०, लुम्बिनीमा एक हजार ४२, कर्णालीमा ४ सय ५८ र सुदूरपश्चिम प्रदेशमा ३ सय १६ जना संक्रमित थपिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने