काठमाडौं,
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सँख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९ हजार २ सय ७१ जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको सँख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको हो । १७ हजार ६ सय २३ जना पीसीआर परीक्षण र ७ सय ८८ जनाको एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित भेटिएका हुन् ।
कोरोना भाइरस संक्रमणबाट थप एक सय ३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा एक सय ३९ जनाको मृत्यु भएको पाइएको हो । योसँगै कोरोनाका कारण मृत्यु हुनेको सँख्या ३ हजार ८ सय ५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुने सँख्या ३ लाख ६ हजार ७ सय ९४ रहेको छ । निको हुने दर ७६ प्रतिशतमा झरेको मन्त्रालयले जनाएको छ । सोमबारसम्म देशभर ९३ हजार एक सय ४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।
तीमध्ये ६ हजार ७ सय १५ जना संस्थागत आइसोलेसनमा र ५६ हजार ४ सय २६ जना होम आइसोलेसनमा रहेका छन् । हाल आईसीयूमा ९ सय १० जना र २ सय ९५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
काठमाडौं उपत्यकाको अवस्थाः
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ६ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका २ हजार ७ सय ७५, ललितपुरका ५ सय ५ र भक्तपुरका ३ सय २७ जना छन् । काठमाडौं उपत्यकामा अहिले ३९ हजार ४६३ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा मात्रै २९ हजार ७१ जना, भक्तपुरमा ४ हजार एक सय १२ र ललितपुरमा ६ हजार २ सय ८० छन् । यसअघि आइतबार उपत्यकाका ३ जिल्लामा ४ हजार एक सय ९८ जना संक्रमित भेटिएका थिए । जसमा काठमाडौंका ३ हजार एक सय ६१, ललितपुरका ५ सय ३३ र भक्तपुरका ५ सय ४ जना थिए ।
संक्रमणबाट काठमाडौंका एक लाख १७ हजार ८ सय २८ जना निको भइसकेका छन् । ललितपुरका १० हजार एक सय ६९ र ललितपुरका १८ हजार २ सय ६९ जना निको भइसकेका छन् । कोरोना संक्रमणबाट काठमाडौंका ८ सय ६३ जना, ललितपुरका २ सय ४७ जना र भक्तपुर एक सय ७६ जनाले ज्यान गुमाइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा रुपन्देहीमा ५ सय ३०, कास्कीमा ४ सय ७३, मोरङमा ३ सय ९९, कञ्चनपुरमा ३ सय ९५, चितवनमा ३ सय ९२, कैलालीमा ३ सय ४०, बाँकेमा २ सय ९५, दाङमा २ सय ४६ तथा मकवानपुरमा २ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ ।
झापामा एक सय ५४, पर्सामा एक सय ४४, धनुषामा एक सय ४४, काभ्रेमा एक सय २७, कपिलवस्तुमा एक सय १५ तथा पाल्पामा एक सय ८ जना संक्रमित थपिएका छन् । यसैगरी सुनसरीमा ९४, महोत्तरीमा ८९, रौतहटमा ७७, नवलपरासी पश्चिममा ७६, अछाममा ७३, धादिङमा ७०, गोरखामा ६२ र उदयपुरमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
प्रदेशगत विवरणः
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८ सय १५, प्रदेश २ मा ५ सय ५३, वागमती प्रदेशमा ४ हजार ५ सय २०, गण्डकीमा ७ सय ७३, लुम्बिनीमा एक हजार ५ सय ५७, कर्णालीमा ५६ र सुदूरपश्चिम प्रदेशमा ८ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् ।