२०८३ बैशाख ५, शनिबार
 

राष्ट्रिय सभा सदस्यको रिक्त एक पदमा जेठ ६ गते निर्वाचन हुने

prabhu bank home loan

काठमाडौं,

राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि आगामी जेठ ६ गते निर्वाचन हुने भएको छ । मन्त्रिपरिषद्को ६ वैशाखको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बिहीबार बसेको आयोगको बैठकले वाग्मती प्रदेश अन्तर्गतको अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचन घोषणा गरेको हो । नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापा बादल नेकपा एमाले प्रवेश गरेपछि माओवादीले उहाँलाई पदमुक्त गरेको थियो ।

उपनिर्वाचन घोषणा गरेको आयोगले निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरुलाई समय दिएको छ । बिहीबार नै उपनिर्वाचन तयारीसम्बन्धी थालेको आयोगले भनेको छ, ‘राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आयोग सबै सरोकारवालाहरूसँग हार्दिक अनुरोध गर्दछ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने