२०८३ बैशाख २, बुधबार
 

भारत महाराष्ट्रको अस्पतालबाहिर अक्सिजन ट्यांकर लिकः २२ बिरामीको मृत्यु

prabhu bank home loan

एजेन्सी,

भारतको महाराष्ट्र राज्यको नासिकको डाक्टर जाकिर हुसेन अस्पतालमा अक्सिजन नपाएर २२ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । अस्पतालमा बुधबार बिहान अस्पतालको बाहिर रहेको अक्सिजन ट्यांकर चुहिँदा करिब आधा घण्टा अस्पतालमा अक्सिजन आपूर्ति अवरुद्ध भएको थियो ।

जसले गर्दा भेन्टिलेटरमा उपचार भइरहेका करिब एक सय ५० सिकिस्त बिरामीले आधा घण्टासम्म अक्सिजन पाएनन् । अक्सिजन आपूर्ति अवरुद्ध हुँदा तीमध्ये कम्तीमा २२ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अक्सिजन चुहिएपछि अस्पताल परिसर पूरै कुहिरीमण्डल बनेको दृश्य सार्वजनिक भएको छ ।

नासिक नगर निगम आयुक्त कैलाश यादवले भेन्टिलेटरमा उपचाररत २३ बिरामी मध्ये २२ जनाको मृत्यु भएको पुष्टि गर्नुभएको बीबीसीले लेखेको छ । लामो प्रयासपछि प्राविधिकहरु चुहावट रोक्न सफल भएका थिए ।

घटनालगत्तै अक्सिजन आवश्यक सिकिस्त बिरामीहरुलाई तत्कालै अन्य अस्पतालमा सारिएको थियो । घटनाका सम्बन्धमा महाराष्ट्र राज्य सरकारले छानबिन गर्ने भएको छ । भारतमा कोरोना संक्रमण तीव्र बनेसँगै मुलुकभर अक्सिजनको हाहाकार मच्चिएको छ । नासिक अस्पतालमा हरेक दिन एक सय ३९ मेट्रिक टन अक्सिजन आवश्यक पर्ने गरेकोमा अहिले दैनिक ८४ मेट्रिक टन मात्रै अक्सिजन आपुर्ति भइरहेको बीबीसीले लेखेको छ ।

यस घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतीय काँग्रेसका नेता राहुल गान्धीले दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने