२०८३ बैशाख ८, मङ्लबार
 

कोभिड–१९ बाट प्रभावित पत्रकार तथा सञ्चार माध्यमलाई राहतका कार्यक्रम ल्याउन महासंघको माग

prabhu bank home loan

काठमाडौं,

नेपाल पत्रकार महासंघले कोभिड–१९ बाट प्रभावित पत्रकार तथा सञ्चार माध्यमलाई राहतका कार्यक्रम ल्याउन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीहरुले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी पत्रकार र मिडियाका समस्यालाई सम्बोधन गर्ने गरी बजेट ल्याउन आग्रह गर्नु भएको हो ।

सो अवसरमा महासंघका अध्यक्ष विपुल पोख्रेलले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनालाई विशेष प्राथमिकता दिन अनुरोध गर्नुभयो । उहाँले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनाले पत्रकारको क्षमता अभिवृद्धिका साथै व्यवासायिक र मर्यादित हुन थप सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारहरुलाई प्रत्यक्ष लाभ पुग्ने कोभिडबाट अतिप्रभावित पत्रकारहरुलाई थप लेखन वृत्तिको व्यवस्था गर्न जरुरी रहेको बताउनुभयो । महासचिव रोशन पुरीले पत्रकार कल्याकारी कोषको स्थापना र ज्येष्ठ पत्रकार सम्मान वृत्तिलाई सम्बोधन गर्न आग्रह गर्नुभयो । उहाँले श्रमजीवी पत्रकारका समस्या समाधानमा सरकारको सहयोगको अपेक्षा गर्नुभयो ।

पत्रकार महासंघका पदाधकारीहरुले पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्न, नेपाल पत्रकार महासंघको भवनमा पूर्वाधार बढाउन लगायतमा सहयोग गर्न पनि आग्रह गर्नु भएको थियो । उहाँहरुले पत्रकार महासंघको महाधिवेशन र निर्वाचनका लागि सरकारले आर्थिक सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

सो क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रेस स्वतन्तत्राको प्रवर्द्धन र व्यवसायिक पत्रकारिताको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले आलोचना र प्रश्नहरु लोकतन्त्रका सुन्दर पक्षहरु रहेको भन्दै तथ्यलाई विशेष ध्यान दिन आवश्यक भएको धारणा व्यक्त गर्नु भएको थियो । अर्थमन्त्री पौडेलले महासंघका पदाधिकारीले राखेका माग सम्बोधनका लागि सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

18 − 11 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने