२०८३ भदौ २२, सोमवार
 

‘दैनिक ११ हजार जना संक्रमित हुने’ स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

prabhu bank home loan

काठमाडौं,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने प्रक्षेपण गरेको छ । असार पहिलो सातामा सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताउनुभयो ।

नेपालमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरिएको हो ।
‘नहोस् तर अहिलेको ट्रेण्डका आधारमा यो प्रक्षेपण गरिएको हो’ उहाँले भन्नुभयो, ‘त्यसका लागि आवश्यक तयारी पनि गरिएको छ ।’

अहिले युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिनु डरलाग्दो भएको मन्त्री त्रिपाठीको भनाइ छ । यसैबीच मन्त्रालयले संक्रमणको चेन ब्रेक गर्न उपत्यकासहित ठूला शहरहरुमा एक महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरेको छ । उपत्यकासहित १५ वटा जिल्लाका ठूला शहरमा रहेका विद्यालय एक महिना बन्द गर्नका लागि सिसिएमसीमा प्रस्ताव गरेको सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।

‘काठमाडौं उपत्यकासहित पोखरा, विराटनगर, वीरगन्जसहित १५ वटा ठूला सहर छन्। यहाँ संक्रमण फैलन सक्ने भएकोले कम गर्न खोजेको हो । अहिलेको नयाँ भाइरस एकदम संक्रमणशील छ । त्यसैले एकैचोटी धेरै मानिस बिरामी भएर अस्पताल आए भने उपचार गर्न सकिँदैन,’ उहाँले भन्नुभयो ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीका अनुसार विदेशबाट आएकाहरुलाई मुख्य नाकामा नै टेष्ट गर्ने र संक्रमितलाई आइसोलेसन सेन्टर वा अस्पतालमा पठाइने रणनीति बनाइएको छ । यसका लागि मुख्य नाकामा एक हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने प्रक्रिया शुरु भएको उहाँको भनाइ छ ।

काठमाडौं उपत्यकाका सबै अस्पताललाई तयारी अवस्थामा राख्न भनिएको भन्दै स्वास्थ्यमन्त्री त्रिपाठीले भन्नुभयो, ‘हाम्रो प्रयत्न मुलुकलाई फेरि बन्दाबन्दीमा पुग्न नदिने हो ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने