२०८३ भदौ २२, सोमवार
 

५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि, सचेत रहन सुझाव

prabhu bank home loan

काठमाडौं,

पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ३ सय ७८ जनामा पिसिआर परीक्षण गर्दा ४ सय ९६ जना र ७ सय २७ जनामा एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १५९, ललितपुरमा ४४, बाँकेमा ४१, रुपन्देहीमा २९, पर्सामा २५, दाङमा २४, कास्कीमा २३, कैलालीमा १४ र मोरङमा १३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा एक सय ३८ जना निको भएर घर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७४ हजार एक सय ६५ पुगेको छ । त्यस्तै, कोरोनाको संक्रमणबाट थप १३ जनाले ज्यान समेत गुमाएका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकले पछिल्ला केही दिनमा संक्रमितको संख्या उकालो लागेको देखाएको छ । तर जनस्वास्थ्य विज्ञहरुले भने संक्रमण एक्कासी नबढेको बताउँछन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बास्तोला भन्नुहुन्छ, ‘हामी कहाँ संक्रमण पुरै नियन्त्रणमा आएकै थिएन । हामीले पुस, माघ, फागुनमा रोकथामका उपाय छाडिदियौं ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 × 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने