मकैमा यस वर्षपनि पहिलाका वर्षहरुमा जस्तै अमेरिकी फौजीकिराले समस्या बनाउँछ सक्छ, बेलैमा सचेत बनौं । किसानले ध्यान दिनु पर्ने कुराहरुः
१) मकै रोप्नुअघि गहिरो गरेर खनजोत गर्ने
२) घोगा राम्रोसँग खोस्टाले छोपिने जातको मकै लगाउने
३) बर्खे मकै सकेसम्म ढिलो नगरी समयमै रोप्ने तथा निश्चित ठाउँमा सबैले एकै समयमा अर्थात् एक हप्ताभित्र रोप्ने
४) मकैमा कोसेबाली अन्तरबालीको रूपमा लगाउँदा कीराको प्रकोप कम गर्न सकिन्छ
५) डेस्मोडिअम घाँस यो कीरालाई मन नपर्ने हनुाले मकैको बीचबीचमा यो घाँस लगाएर कीरालाई धपाउने अनि छेउछेउमा कीरालाई मनपर्ने नेपिअर घाँस लगाएर कीरालाई आकर्षित गरी मार्ने
६) सिफारिस अनुसारको मल प्रयोग गरर बिरुवालाई स्वस्थ र बलियो बनाई किराको प्रकोप सहन सक्ने पार्ने
७) मकैको पातमा सेता लाम्चा झिल्लीसहितका प्वाल अवस्थाको क्षतिको लक्षण देखा परेमा नीमजन्य विषादी एजाडिराक्टिन १५०० पीपीएम ५ मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर छर्ने
८) मकैको पातमा प्वाल पारेको तथा गुभोमा क्षतिको लक्षण देखा परेमा इमामेक्टिन बेन्जोएट ५ प्रतिशत एसजी ०.४ ग्राम प्रतिलिटर पानीमा मिसाएर छर्ने, अथवा
९) विषादी छर्दा एक रोपनीमा लगाइएको मकैलाई २५ लिटर विषादी हालेको तयारी झोल प्रयोग गर्ने र तयारी झोल गुभोमा पर्नेगरी छर्ने
१०) एउटै विषादी निरन्तर प्रयोग नगरी आलोपालो गरी प्रयोग गर्ने तथा घोगा लागिसकेपछि विषादी प्रयोग नगर्ने