२०८३ भदौ १६, मङ्लबार
 

पछिल्लो ६ वर्षमा एक सय ७ वटा एक सिङ्गे गैंडा थपिए

prabhu bank home loan

चितवन,

नेपालमा पछिल्लो ६ वर्षमा विश्वमै दुलर्भ मानिने एक सिङ्गे गैंडा एक सय ७ वटा थपिएका छन् । चार राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रहरूमा गरिएको गणनाका क्रममा गैंडाको संख्या ७ सय ५२ पुगेको पाइएको हो ।

शनिबार सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित पत्रकार सम्मेलनमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले गैंडाको संख्या बढेर ७ सय ५२ पुगेको जानकारी दिनुभएको हो । यसअघि सन् २०१५ मा गरिएको गणनामा गैंडाको संख्या ६ सय ४५ पाइएको थियो ।

एक सिङ्गे गैंडाको संख्या सबैभन्दा बढी चितवनमा ६ सय ९४ पुगेको छ । यसअघि ६ सय ५ रहेको थियो । निकुञ्जका अनुसार सन् २०१५ को गणनायता एक सय ६१ वटा गैंडा मरिसकेको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

सन् २०१५ मा बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैंडा थियो । अहिले बढेर ३८ पुगेको छ । यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ८ बाट बढेर १८ पुगेको छ । सन् २०१५ मा पर्सा राष्ट्रिय निकुञ्जमा तीन गैंडा रहेकोमा यसपटकको गणनामा पनि सोही संख्या रहेको पाइएको छ ।

गैंडा गणना कार्यलाई वैज्ञानिक एवम् व्यवस्थित बनाउन कुनै गैंडा नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ गैंडाको वासस्थान रहेको सबै स्थानमा ५० देखि एक सय मिटर दूरीमा जीपीएस, दुरविनसहित प्राविधिकहरु बसेर गैंडा स्वीप गर्दै गणना गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

सन् १९५० को दशकमा नेपालमा ८ सय गैंडा थिए । तर सन् १९६० को दशकमा घटेर करीव एक सयको हाराहारीमा आइपुगेको थियो । संरक्षणका लागि गरेको पहलसँग गैंडाको संख्या क्रमशः बढेको हो । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँट राष्ट्रिय निकुञ्ज तथा पर्सा राष्ट्रिय निकुञ्जमा गरिएको गणनामा ४३ वटा हात्तीसहित करिब २५० जनशक्ति परिचालन गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eleven + sixteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने