२०८३ बैशाख २, बुधबार
 

भारतीय प्रधानमन्त्री मोदीले लगाउनुभयो कोभिड १९ विरुद्ध खोपको दोस्रो डोज

prabhu bank home loan

एजेन्सी,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस कोभिड १९ विरुद्धको खोपको दोस्रो डोज खोप लगाउनु भएको छ । मोदीले आज दिल्लीस्थित एम्स अस्पतालमा पुगेर कोरोना विरुद्धको दोस्रो खोप लगाउनु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

खोप लगाएको तस्वीर प्रधानमन्त्रीले आफ्नो आधिकारिक ट्विटर हेण्डलमार्फत सार्वजनिक पनि गर्नुभएको बीबीसीले लेखेको छ । कोरोना भाइरसलाई पराजित गर्ने केही महत्वपूर्ण तरिकामध्ये खोप कार्यक्रम पनि एक भएको उहाँले लेख्नु भएको छ । उहाँले खोप लगाउनका लागि योग्य व्यक्तिहरुलाई अनिवार्य आफ्नो नाम दर्ता (पञ्जिकरण) गराउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

समाचार एजेन्सी एएनआइका अनुसार पञ्जावका नर्स निशा शर्माले प्रधानमन्त्री मोदीलाई कोभिड १९ विरुद्धको खोपको दोस्रो डोज लगाइदिनु भएको थियो । मोदीले गएको १ मार्चमा कोभिड विरुद्धको खोपको पहिलो डोज लगाउनु भएको थियो । उहाँले भारत बायोटेकले बनाएको कोभ्याक्सिन छनोट गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eighteen + nine =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने