२०८३ जेष्ठ १२, मङ्लबार
 

उद्योगलाई तेजाब तथा अन्‍य घातक पदार्थको खपत विवरण उपलब्ध गराउन निर्देशन

prabhu bank home loan

काठमाडौं,

उद्योगमा औद्यौगिक प्रयोजनका लागि आवश्यक पर्ने तेजाबको प्रकार र परिमाणबारे स्पष्ट विवरण ७ दिनभित्र पेश गर्न गृह मन्त्रालयले सूचना जारी गरेको छ । मन्त्रालयको लागू औषध नियन्त्रण शाखाले देशभरका उद्योगलाई आइतबार सूचना जारी गर्दै सात दिनभित्र विवरण पेश गर्न भनेको हो ।

सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०७७ स्वीकृत भइ कार्यन्वयनमा ल्याइसकेको मन्त्रालयले जनाएको छ । ‘औद्योगिक प्रयोजनका लागि आ आफ्नो उद्योगमा वार्षिक स्किमअनुसार के कति परिमाणमा के कस्तो रसायन आवश्यक पर्दछ त्यसको नाम, रसायन संकेत र आवश्यक वार्षिक परिमाणको स्पष्ट विवरण सात दिनभित्र शाखामा आइपुग्ने गरी पेश गर्नुहुन सबैलाई सूचित गरिन्छ,’ मन्त्रालयको सूचनामा भनिएको छ । ‍

तेजाबसम्बन्धी अध्यादेशको दफा ५ मा उद्योगमा प्रयोग हुने खास किसिमका तेजाब वा घातक रासायनिक पदार्थ औद्यौगिक प्रयोजनको लागि आवश्यक पर्ने परिमाणका लागि सम्बन्धित उद्योगलाई मात्र अनुमतिपत्र दिने व्यवस्था गरिएको छ । तेजाव तथा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार, विक्रीवितरण, प्रयोग तथा त्यस्तो पदार्थको विसर्जन गर्ने कार्यलाई नियमन गर्नका लागि विवरण संकलन गर्न लागिएको शाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

16 + 8 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने