२०८३ जेष्ठ १२, मङ्लबार
 

कर्णाली प्रदेशका नेकपा (एमाले) का तीनैजना मन्त्रीले राजीनामा दिँदै

prabhu bank home loan

सुर्खेत,

कर्णाली प्रदेश सरकारमा रहेका नेकपा (एमाले) का तीनैजना मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकमा सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय कार्यान्वयनको छलफलमा तीनै जना मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने प्रतिवद्धता जनाएका हुन् ।

कर्णाली प्रदेशमा एमालेले चैत ४ गते नै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । यद्यपि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका मन्त्रीहरुले समर्थन कायम रहेको बताएका थिए । आइतबार बसेको संसदीय दलको बैठकमा सहभागी मन्त्रीहरुले २४ घण्टाभित्र राजीनामा दिने प्रतिवद्धता जनाएको एमाले प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारमा एमाले माधव नेपाल समूहका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागी छन् । आइतबारको बैठकले शाहकै संयोजकत्वमा तीन सदस्य रहेको विधान मस्यौदा कार्यदल समेत बनाएको छ । कार्यदलमा करवीर शाही र मिना रखाल सदस्य छन् ।

शाहीका अनुसार बैठकले चैत ४ गतेको संसदीय दलको बैठकको निर्णय अनुसार मार्गप्रशस्त गर्न मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ । पार्टी केन्द्रमा असहज स्थिति देखिएको भन्दै बैठकले एक ढिक्का भएर अगाडि बढ्न अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

शाहका अनुसार एमाले संसदीय दलको अर्को बैठक चैत २४ गतेका लागि बोलाइएको छ । सर्वोच्च अदालतले नेकपा विवादको फैसला गर्दै माओवादी केन्द्र र एमालेलाई अलग अलग दल बनाएपछि कर्णाली प्रदेश सरकार संकटमा परेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fifteen + five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने