२०८३ बैशाख २, बुधबार
 

बंगलादेशमा भएको झडपमा कम्तिमा ४ प्रदर्शनकारीको मृत्यु

prabhu bank home loan

एजेन्सी,

बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण विरुद्ध भएको प्रदर्शनमा सुरक्षाकर्मीसँग भएको झडप हुँदा कम्तिमा ४ जनाको मृत्यु भएको छ । दुई दिने भ्रमणका लागि मोदी हिजो बंगलादेश पुग्नु भएको थियो । चटगाउँमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको र घाइतेमध्ये ४ जनाको उपचारका क्रममा मृत्यु भएको बीबीसीले लेखेको छ ।

हिफाजत ए इश्लाम संगठनका नेता मुजिवुर रहमान हामिदीले आफ्नो संगठनका सदस्य प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गर्नु भएको छ । उहाँले प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको दावी गर्नुभएको तर त्यसको स्वतन्त्र पुष्टि भइनसकेको बीबीसीले लेखेको छ । केहि दिनदेखि कैयौँ मुश्लिम नेता तथा वामपन्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा ¥याली समेत निकाल्दै आएका थिए ।

मोदी बंगलादेशको ५० औं स्वतन्त्रता दिवस तथा संस्थापक शेख मुजीबुर रहमानको जन्मशताब्दीमा आयोजित कार्यक्रममा सहभागी हुन बंगलादेश पुग्नु भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

four − three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने