२०८२ फाल्गुन २६, मङ्लबार
 

एकै डोज लगाए पुग्ने जोन्सनको कोरोना खोपलाई अमेरिकाको अनुमति

prabhu bank home loan

एजेन्सी,

संयुक्तराज्य अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको कोरोनाभाइरस विरूद्धको भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोपको विशेषता भनेको यो आम मानिसले प्रयोग गर्ने फ्रिजमा पनि भण्डारण गरेर राख्न सकिन्छ र एक डोजमात्रै लगाए पुग्छ ।

यसअघि अनुमति पाएका खोपहरू दुई डोज लगाउनु पर्ने थिए । अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले १८ वर्षमाथिका व्यक्तिका लागि उक्त खोप प्रयोग गर्न शनिबार अनुमति दिएको हो । यो खोपलाई अनुमति दिने अमेरिका विश्वको पहिलो देश हो ।

यसअघि अमेरिकाले फाइजर र मोडर्ना खोपलाई पनि अनुमति दिइसकेको छ । फाइजर र मोडर्ना खोपलाई भण्डारण गर्न डिप प्रिज आवश्यक पर्छ भने दुई डोज लगाउनुपर्छ । जोन्सनले विश्वभरि ४४ हजार मानिसमा खोपको परीक्षण गरेको थियो।

त्यसबाट खोप ६६ प्रतिशत प्रभावकारी देखिएको थियो। यो खोप लगाएपछि संक्रमण भए पनि अस्पतालमा भर्ना हुनु पर्ने र मृत्यु हुनेको संख्या शून्य थियो । एक डोजमात्रै लगाउँदा हुने र सामान्य फ्रिजको तापक्रममै राख्न सकिने भएकाले संसारभरिका देशमा जोन्सनको खोपप्रति आकर्षण हुने बताइएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fourteen + twenty =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने