२०८३ असार ८, सोमवार
 

आइपिओको नतिजा अब सञ्चार माध्यमबाट हेर्न नपाइने

prabhu bank home loan

काठमाडौं,

प्राथमिक सेयर (आइपिओ) को नतिजा अब सञ्चार माध्यमबाट हेर्न नपाइने भएको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार तीन वटा वेबसाइटबाट मात्रै आइपिओको नतिजा हेर्न पाइने छ। यसअघिसम्म विभिन्न सञ्चार माध्यमलाई समेत आइपिओको नतिजा बाँडिदै आएकोमा अब सम्वद्ध कम्पनीको वेबसाइट, बिक्री प्रवन्धकको वेबसाइट र सिडिएसको वेबसाइट मेरो सेयरमार्फत मात्रै नतिजा हेर्न पाइने सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पूर्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

‘लगानीकर्ताको डिम्याट नम्वर र उनीहरुको विवरण सुरक्षित राख्नुपर्ने बिनियमावलीअनुसार सञ्चार माध्यमलाई व्यक्तिगत विवरण नदिन हामीले सबै बिक्री प्रवन्धकलाई निर्देशन दिएका छौं’ सिइओ आचार्यले भन्नुभयो, ‘आज शुक्रबार महिला लघुवित्तको आइपिओ बाँडफाँड हुँदै छ । सो कम्पनीको आइपिओ नतिजा पनि ३ वटा वेबसाइटबाट मात्रै हेर्न पाइने छ।’

यसअघिसम्म विभिन्न सञ्चार माध्यमहरुले समेत आइपिओको नतिजा राख्दै आएका थिए । लगानीकर्ताको विवरण चुहावट भई दुरुपयोग हुन सक्ने संभावित जोखिमलाई न्यूनीकरण गर्न यसले मद्दत पुग्ने सिइओ आचार्यको भनाइ छ । आइपिओको नतिजा डिम्याट खाता नम्बरका आधारबाट हेरिन्छ । यसरी डिम्याट खाता नम्बर सहितका विवरण सञ्चारमाध्यमलाई पनि दिएको भन्दै लगानीकर्ताले आपत्ति जनाउँदै आएका थिए।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

9 + 18 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने