२०८३ बैशाख १८, शुक्रबार
 

मेलम्ची खानेपानीको सुरूङ पुनः परीक्षण सुरु

prabhu bank home loan

मेलम्ची,

मेलम्ची खानेपानी आयोजनाको सुरूङ पुनः परीक्षण सुरु गरिएको छ । सोमबार सुरूङ स्थल हेलम्बुको तिम्बु अम्बाथानमा खानेपानी मन्त्री मणिचन्द्र थापाले कन्ट्रोल कक्षको स्वीच थिचेर सुरूङ परीक्षणको सुरू गर्नु भएको हो ।

प्रतिसेकेन्ड २ सय ६० लिटरका दरले सुरूङमा पानी प्रवाह गरिएको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ । सुरूङ भरिन करिब १६ दिन लाग्ने प्राविधिकहरूको अनुमान छ । परीक्षण अवधि दुई महिनाको हुने आयोजनाले जनाएको छ ।

गएको असारमा पनि सुरूङमा पानी राखेर परीक्षण गरिएको थियो । त्यसबेला दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । पहिलेका संरचनाहरूको पुनरावलोकन गरी सबै गेटहरू जडान गरेर आज पानी राख्न सुरू गरिएको छ ।

मन्त्री थापाले मेलम्ची खानेपानी आयोजना काठमाडौं उपत्यकाबासीको सपना मात्रै नभएर मुलुककै समृद्धिको आधार भएको बताउनु भएको छ । ‘मेलम्चीको सफलताले मुलुकको विकास क्षेत्रमा उत्साह भर्ने काम गर्छ,’ चुनावी नारा बनाईंदा आयोजना ढिलाइ भएको उल्लेख गर्दै उनले भने, ‘प्राविधिक त्रुटी सच्याए पुनः परीक्षण थालिएसँगै काकाकुल काठमाडौं उपत्यकाबासीको दुई दशक लामो प्रतिक्षामा रहेको आयोजना लगभग पूरा हुने चरणमा पुगेको छ।’

परीक्षण सफल भएपछि नियमित रूपमा पानी आउने र तीन महिनाभित्र काठमाडौंबासीले पानी खाने परिस्थिति बन्छ भन्ने मन्त्रालयको निश्कर्ष रहेको मन्त्री थापाको भनाइ थियो । आयोजनाका इञ्जिनियर शेखर खनालका अनुसार असारमा दुर्घटना भएको स्थलमा बलियो गरी मर्मत गरिएको छ ।

‘गेट सुरक्षामा पहिलेका कमजोरी सुधार गरिएका छन् । बलियोसँग ढलान गरिएको छ। गेट पहिले बाहिर खुल्थ्यो, अहिले भित्र खुल्ने गरी तयार पारिएको छ,’ उहाँले भन्नुभयो ।

आयोजनाका कार्यकारी निर्देशक तिरेशकुमार खत्रीले साढे दुई महिनाभित्र सुरुङ परीक्षण पूरा हुने बताउनुभयो । ‘अबको १५–१६ दिनमा मेलम्ची पानी सुन्दरीजल पुग्छ,’ उहाँले भन्नुभयो, ‘परीक्षण पूरा गरेर आगामी चैत अन्तिम सातादेखि वैशाखसम्ममा मेलम्ची पानी उपत्यकावासीको घर–घरमा वितरण गर्ने आयोजनाको तयारी छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eight + nineteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने