२०८३ बैशाख १८, शुक्रबार
 

मेलम्ची खानेपानीको सुरुङमा पानी हालेर पुनः परीक्षण गरिँदै

prabhu bank home loan

काठमाडौं,

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर आजबाट पुनः परीक्षण गरिँदै छ । सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि त्रुटि सच्याएर पुनः परीक्षण सुरू हुन लागेको हो ।

गएको असार २९ गते परीक्षणका लागि सुरुङमा पानी भर्न सुरु गरेको २४ घण्टा नबित्दै अम्बाथानको अडिट टनेलको गेट भत्किएको थियो । उक्त दुर्घटनामा एक जनाको मृत्यु भयो भने एक जना घाइते र अर्को एकजना बेपत्ता भएका थिए ।

अहिले मुख्य सुरुङका चारवटै अडिट टनेलका गेट सुधार गरिएको छ । गेट जडानको काम चलिरहँदा एसियाली विकास बैंक (एडीबी) को विज्ञ टिमले आयोजना स्थलको अनुगमन गरेर प्रतिवेदन दिएको थियो । त्यसका आधारमा परियोजनामा थप काम पनि भएको र आज खानेपानीमन्त्री मणि थापा ११ बजे आयोजनाको हेडवर्क्समा पुगेर पानी भर्ने कामको थालनी गर्नुहुने खानेपानी तथा सरसफाइ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो ।

सिन्धु , अम्बाथानको ग्याल्थुम र सुन्दरीजलमा हाइड्रोमेकानिकल गेट जडानको सकेर पानी हाल्न लागिएको उहाँको भनाइ छ । आयोजनाको स्थायी बाँध र बालुवा थिग्राउने संयन्त्र (डिसेन्डर) बनिनसके पनि यसअघि नै बनाइएको स्थायी बाँधमार्फत सुरुङमा पानी हाल्ने योजना छ ।

आयोजनाको मुहानमा बन्ने हेडवर्क्ससहित निर्माणको काम अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोमार्फत भइरहेको छ । ठेकदार र आयोजनाले प्रधानमन्त्री कार्यालयमा बुझाएको कार्यतालिका अनुसार काम भयो भने २०७८ वैशाख २ गते (१५ अप्रिल २०२१) सम्म आयोजनाको काम सकिनेछ ।

पानी भर्न थालेको १५ देखि २० दिनमा २६ किलोमिटरको सुरुङ भरिन्छ । परीक्षणका लागि पहिले जसरी नै प्राविधिक मापदण्ड अनुसार प्रतिसेकेन्ड २ सय ६० लिटर पानीका दरले सुरुङमा पानी प्रवाह गरिनेछ । सुरुङमा पानी भरिएपछि करिब १० दिन यतिकै राखिनेछ । त्यसपछि प्रतिसेकेन्ड २ सय ६० लिटरकै दरमा १५ देखि २० दिन लगाएर बाहिर पानी फालेर सुरुङ खाली गरिनेछ ।

पानी सबै फालिसकेपछि सुरुङको गुणस्तर परीक्षण गरिने आयोजनाले जनाएको छ । आफुहरुसँग समन्वय नगरिकन पुनः पानी परीक्षण सुरु गरिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

four × 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने