२०८३ बैशाख १८, शुक्रबार
 

भागरथी भट्टको बलात्कार र हत्या अभियोगमा उनकै सहपाठी पक्राउ

prabhu bank home loan

धनगढी,

बैतडीको दोगडाकेदार गाउँपालिका–७ का १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका छन् । घटनाको १३ औँ दिन मँगलबार प्रहरीले सनातन धर्म माध्यमिक विद्यालयमा अध्ययरत भागरथीकै सहपाठीलाई पक्राउ गरेको हो ।

आरोपी युवाले बलात्कार र हत्या स्वीकार गरेको पनि प्रहरीले जानकारी दिएको छ । भागरथीको छिमेकीसमेत रहेका उनको विवरण भने आज मात्रै सार्वजनिक गरिने सुदूरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको ती अभियुक्तले प्रहरीसमक्ष बयान दिएका छ न् । भागरथीको बलात्कारसमेत भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरिसकेको छ ।

त्यसैदिन विद्यालयबाट फर्किँदा बाटोमा बलात्कार तथा हत्या गरेको उनले स्वीकारेको प्रहरीको भनाइ छ । स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा विद्यालयबाट फर्किँदा सम्पर्कविहीन हुनुभएको थियो । अर्को दिन स्थानीय लवलेक जंगलमा उहाँको शव भेटिएको थियो ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिमका प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदी १० दिनदेखि घटनास्थल बैतडीको दोगडाकेदार गाउँमै हुनुहुन्छ । सुदूरपश्चिम सरकारले भागरथीको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

one × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने