

हेटौंडा,
बागमती प्रदेश सरकारले यहि विहीबार तेस्रो प्रदेश स्थापना दिवस मनाउँदैछ । संघीयता कार्यान्वयनको पहिलो चरणमा रहेको प्रदेशले यो अवधिमा केही संस्थागत र केही नीतिगत उपलब्धी हासिल गरेको छ । जुन संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण उपलब्धीको रुपमा लिइएको छ ।
अर्कोतर्फ प्रदेशले सोचे अनुरुप काम गर्न नसकेको भनेर आलोचना पनि भैरहेको छ । प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रश्तावसमेत दर्ता भएको अवस्थामा यस वर्षको प्रदेश स्थापना दिवस कसरी मनाइन्छ भन्ने कौतुहलकै विषय छ ।
प्रदेशका मुख्य संस्थागत उपलब्धीहरुः
१) प्रदेशको नाम बागमती र राजधानी मकवानपुरको हेटौंडा टुङ्गो लगाइएको छ ।
२) प्रदेश सुशासन केन्द्रको स्थापना गरेर प्रदेश र स्थानीय तहको क्षमता विकासमा काम भैरहेको छ ।
३) प्रदेश लोकसेवा आयोग गठन गरी विभिन्न तहको पदपुर्ति प्रक्रिया जारी रहेको छ ।
४) प्रदेश खेलकुद परिषद, सञ्चार रजिष्टार, दुग्ध विकास बोर्ड लगायतका निकायहरुको कानून बमोजिम स्थापना भएको छ भने युवा परिषद् स्थापनाको अन्तिम चरणमा रहेको छ ।
५) प्रदेश सरकारका मन्त्रालय र कार्यालयहरुको संगठन तथा व्यवस्थापनअध्ययन अन्तिम चरणमा पुगेको छ ।
६) योजना बैंकमार्फत प्रदेश सरकारका विभिन्न प्रकारका सबै योजनाहरु अगाडी बढीरहेको छ ।
सरकारका केही नीतिगत उपलब्धीहरुः
१) एक सय १२ वटा प्रदेश कानून र २ वटा विनियम एउटा संशोधनसहित ।
२) ५८ वटा ऐन ११ वटा संशोधनसहित र १८ वटा कार्यविधि २ वटा संशोधनसहित ।
३) ३ वटा अध्यादेश र ३ वटा निर्देशिका एएटा संशोधनसहित ।
४) २० वटा नियमावली ४ वटा संशोधनसहित र ८ वटा आदेश ३ वटा संशोधनसहित ।
स्थानीय तहसँग सम्बन्धित प्रदेश कानूनहरुः
१) गाउँ/नगर/जिल्ला सभा सञ्चालन कार्यविधि ऐन २०७५
२) प्रदेश औद्योगिक व्यापार व्यवसाय ऐन २०७६
३) प्रदेश विपद व्यवस्थापन ऐन २०७५
४) स्थानीय तहको पदाधिकारीको सुविधा सम्बन्धी ऐन २०७५
५) प्रदेश राष्ट्रिय वन ऐन २०७६
६) लोकसेवा आयोग ऐन २०७६
७) प्रादेशीक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६
८) सबै स्थानीय तहमा आवधिक योजना कार्य जारी ।

