२०८३ बैशाख ५, शनिबार
 

संवैधानिक निकायमा ३२ पदाधिकारी नियुक्त

prabhu bank home loan

काठमाडौं,

सरकारले कानुन र राजनीतिक विवादका बीच संवैधानिक निकायका पदाधिकारीहरु नियुक्त गरेको छ । संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूले संसदीय सुनुवाइबिनै आज सपथ लिएका छन् ।

संवैधानिक निकायका प्रमुखहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र अन्य सदस्यलाई सम्बन्धित निकायका प्रमुखले सपथ खुवाएका छन् ।

संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई र सदस्यहरुमा किशोर कुमार सिलवाल र जयबहादुर चन्दलाई नियुक्त गर्नु भएको हो ।

यस्तै निर्वाचन आयोगको आयुक्तमा रामप्रसाद भण्डारी र डा. जनकुमारी तुलाधर नियुक्त हुनु भएको छ । राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर र सदस्यहरुमा सूर्यप्रसाद शर्मा ढुंगेल, मिहिर ठाकुर, मनोज दुवाडी र लीली हजुर बस्न्यात नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

हेर्नुस् बिस्तृत विवरणः

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

14 − 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने