२०८३ असार ६, शनिबार
 

प्रचण्ड नेपाल समूहले निर्वाचन आयोगमा आधिकारिकता दावी गर्यो

prabhu bank home loan

काठमाडौं,

नेकपा प्रचण्ड नेपाल समूहले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार निर्वाचन आयोगमा आधिकारिता दावी पेश गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका नेताहरु आयोगमा पुगेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता दावी पेश गरेका हुन् ।

आधिकारिकता माग्दै दावी पेश गरेपछि वरिष्ठ नेता झलनाथ खनालले आफूहरू नै आधिकारिक हुनेमा सय प्रतिशत विश्वस्त रहेको बताउनु भएको छ । ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमध्ये झन्डै ७० प्रतिशत आफूहरूसँग भएकाले आधिकारिकता पाउने नेता खनालको दावी छ ।

खनालले पार्टीको आधिकारिकता पार्टीको विधान र निर्णयका आधारमा हुनुपर्ने बताउनु भएको छ ।
‘हामीले प्रधानमन्त्री केपी ओली सहितका नेतालाई हटाएको कुरा विधान बमोजिम हो, यही कुरा आयोगमा प्रस्तुत गरेका छौं,’ उहाँले भन्नुभयो, ‘ती तथ्यलाई पनि ध्यानमा राखेर निर्वाचन आयोगले निर्णय गर्छ ।’

खनालले दलहरूको विवाद निरूपण नभई चुनाव हुन नसक्ने पनि बताउनु भएको छ ।

‘हामीले दुई वटा केन्द्रीय कमिटी बैठकबाट प्रमाणित गरेका छौं । तेस्रो र हिजो सम्पन्न चौथो केन्द्रीय कमिटी बैठकमा पनि त्यही उपस्थिति रहेर निर्णय गरेका छौं,’ खनालले भन्नुभयो, ‘तथ्य, प्रमाण निर्णय र विधान सबै कुरालाई राखेर दावी गरेका छौं । अहिले नेकपा भनेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको पार्टी नै आधिकारिक हो भन्ने दावी प्रस्तुत गरेका छौं ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

19 − three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने