

काठमाडौं,
सहिद दिवसका अवसरमा नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले सञ्चारग्राममा रहेको सहिद पत्रकार स्तम्भमा माल्यार्पण गर्दै शहीदहरुप्रति १ मिनेट मौनधारण गरी सम्मान व्यक्त गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सहिदहरुको योगदानकै कारण आज प्रेस स्वत्रताको अभ्यास गर्न पाएको भन्दै सहिदहरुप्रति सदैब सम्मान रहने धारणा राख्नुभयो । उहाँले थप लोकतान्त्रीक अधिकार प्राप्तीका लागि आगामी दिनमा सहिदहरुले मार्गनिर्देशन गर्ने बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यासका लागि ज्ञात तथा अज्ञात सहिदको ठुलो योगदान रहेको बताउनुभयो । उहाँले सञ्चारग्राममा आउने सबै सेवाग्राहीलाई सहिद स्तम्भ देख्दा स्वतन्त्र र निस्पक्ष ढंगले जनताको अधिकारका लागि अघि बढ्न प्रेणित गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पदाधिकारी एंव सदस्यहरु, प्रेस काउन्सिल नेपालका पदाधिकारी सहित पत्रकारहरुको उपस्थिति रहेको थियो ।

