२०८३ बैशाख ५, शनिबार
 

जुम्लाको गोठीगाउँका अग्निपीडितलाई प्रदेश र जिल्ला प्रशासनको राहत

prabhu bank home loan

जुम्ला,

जुम्लाको गोठीगाउँका अग्निपीडितलाई कर्णाली प्रदेश र जिल्ला प्रशासन कार्यालयको तर्फबाट राहत वितरण गरिएको छ । तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँका अग्निपीडितहरु आगोले अन्नपात, लुगाफाटोलगायत सबै नष्ट हुँदा बिचल्लीमा परेका थिए ।

प्रदेश सरकारले ५ लाख रुपैंयाँ बराबरको सामग्री र जिल्ला प्रशासन कार्यालय जुम्लाको तर्फबाट ५ लाख ३० हजार नगद गरी १० लाख ३० हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।

स्थानीय सरकारले राहत वितरण र व्यवस्थापनमा केही सहयोग गरेकोमा प्रदेश सरकारले दुई दिनपछि पीडितको बस्तीमा आफ्नो उपस्थिति जनाएको छ । मन्त्रीसहितको टोलीले नगद, ओढ्ने ओछ्याउने, कपडा, पाल, भाँडा, दाल, चामल, नुन तेललगायतका सामग्री वितरण गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता तुल खड्काका अनुसार अग्निपीडितका लागि ८९ थान न्यानो कम्बल, सात रोल पि–फर्म, नौ क्वीन्टल चामल, दुई बोरा नुन, सात पेटी तेल, एक सय ५० केजी दाल, २० केजी खुर्सानी तथा बेसार र २८ सेट भाँडाकुडा राहत वितरण गरिएको छ ।

मंगलबार साँझ ६ बजेतिर गोठीगाउँ बस्तीमा आगलागी भएको थियो । बस्तीमा आगो लाग्दा ३२ घर जलेर नष्ट भएका छन् भने ७० बढि चौपाया मर्नुका साथै करोडौँको क्षति भएको प्रहरीले जनाएको छ ।

विपद प्रतिकार्यका लागि सुरक्षा निकायको टोली घटनास्थलमा पुगे पनि विकट बस्ती भएकाले पानीको अभाव हुँदा बस्ती पूर्णरूपले क्षति भएको प्रहरीले जनाएको छ । मन्त्री भण्डारीसँगै कर्णाली प्रदेशसभा सदस्य सदस्यद्वय दिनबन्धु श्रेष्ठ र पदम बहादुर रोकाया, जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा र सोही गाउँका अगुवा मोतिलाल रोकाया पनि घटनास्थलमा पुगेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eleven − 10 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने