२०८१ माघ ११, शुक्रबार
 

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको विजेताले १० लाख पाउने

काठमाडौं,

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएपछि मात्रै क्यानले उत्कृष्ठ टिम तथा खेलाडीलाई दिइने पुरस्कार राशीबारे निर्णय गरेको हो । यस्तै सेमिफाइनल पुग्ने दुई टिमले भने ५०/५० हजार रुपैयाँ मात्रै पाउनेछन् ।

व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट ब्याट्सम्यान र बलरले २५/२५ हजार रुपैयाँ पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान)ले चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल आज

प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुने पहिलो सेमिफाइनलमा आज दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लब भिड्दैछन् ।

सशस्त्र प्रहरीको एपीएफ समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुग्दा पुलिस समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने