२०८३ बैशाख ८, मङ्लबार
 

कोरोना भाइरस विरुद्धको खोप अभियान आजदेखि सुरु

prabhu bank home loan

काठमाडौं,

नेपालमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहान १० बजे बालुवाटारबाट भर्चुअल रुपमा एकै पटक काठमाडौं र ७ वटै प्रदेशमा यो अभियान सुरु गर्नुहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंका ११ वटा अस्पतालका स्वास्थ्यकर्मीले एकैपटक खोप लगाउने स्वास्थ्य मन्त्रालयका कोभिड विरुद्धको इन्सिडेन्ट कमाण्ड सिस्टमका प्रमुख डा. गुणराज लोहनीले जानकारी दिनुभयो । ‘आफ्ना अस्पतालमा कसबाट खोप शुभारम्भ गर्ने भन्नेमा सबै अस्पतालहरु स्वतन्त्र छन्’ उहाँले भन्नुभयो ।

काठमाडौंभित्रका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, काठमाडौं मेडिकल कलेज, जोरपाटी, सशस्त्र प्रहरी अस्पताल, बलम्बु, शहीद गंगालाल अस्पतालका स्वास्थ्यकर्मीले एकै पटक खोप लगाउने उहाँको भनाइ छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले टेकु अस्पतालको तर्फबाट पहिलो खोप लगाउने घोषणा गर्नुभएको छ भने दोस्रो नम्बरमा डा. अनुप बास्तोलाले खोप लगाउनुहुनेछ । स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा कोरोना भाइरस रोकथाममा अग्रपंक्तिमा खटिने ४ लाख ३० हजार जनाले खोप लगाउन पाउनेछन् ।

सात प्रदेश र काठमाडौं उपत्यकाका गरी ६२ वटा अस्पताल र ७७ जिल्लाका ३ सयभन्दा बढी केन्द्रबाट खोप अभियान सुरु हुनेछ । पहिलो मात्रा खोप लगाएको चार हप्तापछि दोस्रो मात्राको खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

एउटा खोप बुथले एक दिनमा एक सय २० देखि एक सय २५ जना सम्मलाई खोप दिनसक्ने र अभियानका लागि सबै प्रदेशहरुमा खोप पुगिसकेको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 − one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने