२०८३ बैशाख ८, मङ्लबार
 

निर्वाचन आयोगद्वारा निर्वाचन तयारीमा सहयोग गर्न सरकारलाई अनुरोध

prabhu bank home loan

काठमाडौं,

निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि आवश्यक सहयोग गर्न सरकारलाई अनुरोध गरेको छ । आयोगको आजको निर्णय अनुसार मतदाता नामावली अद्यावधिक कार्यक्रम, मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम सरोकारवालाको व्यापक सहभागितामा सम्पन्न गर्न गराउन आम नागरिकहरुलाई सुसूचित गराउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई अनुरोध गरेको छ ।

आयोगले कायम भएका मतदान स्थलहरुको संरक्षण, मर्मत सम्भार एवं मतदान स्थलमा खानेपानी, शौचालय, विद्युत, सञ्चार, आवतजावतको वैकल्पिक मार्ग, सडक पुल पुलेसा, कम्पाउण्ड वाल, तारबार आदिको प्रवन्ध मिलाउन अनुरोध गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आयोगबाट भएका निर्णयलाई उच्च प्राथमिकता दिई तत्काल कार्यान्वयन गर्न, गराउन, निर्वाचन व्यवस्थापनका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र शैक्षिक संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको विवरण अद्याबधिक गरी निर्वाचन प्रयोजनका लागि माग गरिएको बखत तुरुन्त उपलब्ध गराउन पनि आयोगले अनुरोध गरेको उहाँको भनाई छ ।

हेर्नुहोस् आयोगको विज्ञप्तिः

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने