२०८३ बैशाख ८, मङ्लबार
 

कोरोना विरुद्धको खोपलाई प्रदेशस्थित भण्डारण स्थलमा पुर्याइँदै

prabhu bank home loan

काठमाडौं,

कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको सरकारले आज सबै प्रदेशका भण्डारणस्थलमा खोप पुर्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गतको खोपशाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले कोरोना खोपको सबै तयारी पूरा भइसकेको जानकारी दिनुभयो ।

खोप लगाउन जनशक्ति तयार पार्ने काम भइरहेको उहाँले बताउनुभयो । प्रदेशस्थित भण्डारण स्थलबाट जिल्ला जिल्लाका खोप केन्द्रमा खोप पुर्याइने छ । पहिलो चरणमा अग्रपङ्क्तिका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने जनशक्ति, स्वास्थ्य स्वयंसेविकालाई खोप दिइने छ ।

माघको १४ देखि १८ गतेभित्रमा खोप लगाउन सुरु गरिने भनिए पनि खोप लगाउन सुरु गर्ने मिति भने तोकिएको छैन । कोरोना विरुद्धको खोप १८ वर्षमाथिका उमेर समूहलाई मात्र दिइने छ । नयाँ भएकाले खोप लगाइसकेपछि आधा घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राखिने छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार गर्भवती, सुत्केरी र कुनै पनि एलर्जी भएका व्यक्तिले खोप लगाउनु हुँदैन । गएको बिहीबार भारतले नेपाललाई खोपको १० लाख डोज हस्तान्तरण गरेको थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप भारतले हस्तान्तरण गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने