२०८१ माघ १०, बिहिबार
 

पल्सर स्पोर्ट्स अवार्ड २०७६ कुन कुन खेलाडीले जिते ?

काठमाडौं,

नेपाली राष्ट्रिय महिला भलिबल टिम वर्ष २०७६ को उत्कृष्ट टिम घोषित भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा महिला भलिबल टिमले टिम अफ दि इयरको अवार्ड जितेको हो ।

गत वर्ष महिला भलिबलमा नेपालले ऐतिहासिक सफलता हात पारेको थियो । दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा एउटामा उपाधि जितेको भलिबल टिम अर्कोमा दोस्रो भएको थियो ।

गत वर्ष बंगलादेशमा आयोजना भएको प्रथम एभिसी महिला सिनयर सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जित्दै ऐतिहासिक उपलब्धी हासिल गरेको महिला टिमले नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा ऐतिहासिक रजत जितेको थियो । महिला भलिबल टिमले सागमा पहिलो पटक रजत जितेको थियो ।

पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’मा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी, डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

कसले कुन अवार्ड जिते ?

उत्कृष्ट खेलाडी (पुरुष): मन्देकाजी श्रेष्ठ (कराते)

उत्कृष्ट खेलाडी (महिला): गौरिका सिंह (पौडी)

पिपल्स च्वाइज: अरुणा शाही (भलिबल)

उत्कृष्ट प्रशिक्षक: नवीन श्रेष्ठ (तेक्वान्दो)

उत्कृष्ट युवा खेलाडी: सुवास तामाङ (गल्फ)

पारा एथ्लेट: दिगमसिंह चेम्जोङ (पारा क्रिकेट टोलीका कप्तान)

स्पेशल अवार्ड: आयशा शाक्य (तेक्वान्दो), सन्तोषी श्रेष्ठ (एथ्लेटिक्स)

टिम अफ दि इयर: महिला भलिबल

लाइफटाइम अचिभमेन्ट: सिजरन शाह र गीता क्षेत्री (टेबलटेनिस)

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

nine − 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने