२०८३ बैशाख १८, शुक्रबार
 

लक्ष्मीकन्या बुढा ‘प्रतीक्षा’ को मुक्ति अभियान पुस्तक विमोचन

prabhu bank home loan

काठमाडौं,

जुम्लाको गोठिचौर गाउँपालिका वडा नम्बर ३ गर्ज्याङकोटका लक्ष्मीकन्या बुढा ‘प्रतीक्षा’ले लेख्नुभएको पुस्तक मुक्ति अभियानको आज विमोचन गरिएको छ । पेरिसडाँडा कोटेश्वरमा आयोजित एक कार्यक्रमका बीच नेकपा स्थायी कमिटी सदस्य पम्फा भुषालले उक्त पुस्तकको विमोचन गर्नु भएको हो ।

पुस्तक विमोचन गर्दै नेता पम्फा भुषालले भोगाइ, अनुभव सहितका वैचारिक संश्लेषणसहित लेखिएको मुक्ति अभियान पुस्तक उत्पीडनमा परेका कर्णाली सहितका देशभरका नारीहरुको भोगाइ र अनुभव सहितको शान्तिपूर्ण राजनीतिक संघर्षको एक आयाम भएको प्रतिक्रिया दिनुभयो ।

‘पुस्तक र लेखक लक्ष्मीकन्या बुढा देशभरका महिलाहरुका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । महिलाका समस्यामात्रै नभएर यस पुस्तकमा श्रमजीवि वर्ग र महिलाको मुक्तिका लागि वैज्ञानिक समाजवादका लागिसमेत पहल गरेको छ ।’ भुषालले भन्नुभयो, ‘कर्णाल्बिाट सुरु भएको भए पनि देश र समग्र विश्वलाई नैं महिला मुक्तिको आन्दोलनलाई अगाडी बढाउन यस पुस्तकमा समावेश अनुभवले बाटो देखाउँछन् । मुक्ति अभियानले उठान गरेको विषयलाई पाठ्यक्रममा समावेश गरेर अध्ययन अध्यापन गराउनु पर्छ ।’

त्यस्तै पूर्व शान्तिमन्त्री सत्या पहाडीले यो पुस्तक महिला मुक्ति आन्दोलन र समानताको आन्दोलनका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नु भएको छ । ‘आफ्नो भोगाई र अनुभुतिको बीचबाट जीवन्त र व्यबहारसिद्ध तरिकाबाट वैचारिक सश्लेषण सहति यो पुस्तक तयार भएको मैंले पाएँ । हजारौं भोगाइंबाट परिस्कृत वैचारिक कुरा पुस्तकमा पाइन्छ ।’ पहाडीले भन्नुभयो, ‘कणालीबासी सुनको सिरानी राखेर नुनको खोजिमा भौंतारिइरहेका छौं । विभेदयुक्त समाजमा कर्णालीजस्तो पछाडी पारिएको क्षेत्रबाट मुलधारको साहित्यमा प्रवेश गर्ने लक्ष्मीकन्याको अदम्य शाहसलाई सम्मान गर्छु ।’

मदन पुरस्कार विजेता तथा अभियन्ता राधा पौडेलले मुक्ति अभियान पुस्तक राजनीतिक, आर्थिक, सामाजिक, मानवअधिकार तथा प्राज्ञिक क्षेत्रका लागि सन्दर्भ सामग्रीको रुपमा रहने विश्वास व्यक्त गर्नु भयो । ‘यस पुस्तकमा कर्णालीका महिलाहरुको समग्र राज्यसंयन्त्रलाई हेर्ने दृष्टिकोण पढ्न सकिन्छ । कर्णालीलाई चिन्न र बुझ्न मद्धत गर्छ ।’ पौडेलले भन्नुहुन्छ, ‘कर्णालीबाट अहिलेसम्म मुलधारमा आउने गर िलेखिएका पुस्तकहरु सीमित छन् । यो पुस्तक पुस्तकालयहरुमा राखेर कर्णालीलाई पढ्ने अवसर प्रदान गर्नु पर्छ । तबमात्रै लेखकलाई प्रोत्साहन मिल्छ ।’

विमोचन कार्यक्रममा पूर्वमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य दलजीत सिर्पाइली, नेकपा केन्द्रीय निर्वाचन आयोगका सचिव तथा बागमती प्रदेश मामिला समिति सभापति माधव पौडेल, जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय महासचिव दल बहादुर जि.सी., मानव अधिकार तथा सामाजिक रुपान्तरण नेपालका केन्द्रीय सहसंयोजक हुकुम पोखरेल, केन्द्रीय सदस्य मिना तिवारी लगायतको सहभागिता रहेको थियो ।

देशमा विद्यमान लिखित भन्दा अलिखित कानूनको वर्चश्वलाई तोड्नका लागि शान्तिपूर्ण संघर्षको रुपमा पुस्तक लेखेको लक्ष्मीकन्या बुढा प्रतीक्षाको भनाई छ । उत्पीडितलाई मुक्तिको महशुस गराउन, मुस्कार र खुसी खोसिएकाहरुको मुहारमा मुस्कान फर्काउन र खोसिएको सम्बृद्धि फिर्ता ल्याउने कोशीस स्वरुप आफ्ना भोगाई र अनुभवलाई संगालेर पुस्तकको रुप दिएको उहाँको भनाई छ ।

लेखक लक्ष्मीकन्याको यो तेस्रो कृति हो । उहाँले लेख्नुभएको पुस्तक कर्णालीका महिला भाग १, २०७२ सालमा र कर्णालीका महिला भाग २, २०७५ सालमा प्रकाशित भइसकेका छन् । मुक्ति अभियान लेख सङ्ग्रह भएको र यसमा १४ वटा लेखहरु समावेश गरिएको लेखक लक्ष्मीकन्या बुढाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fourteen − four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने